पृष्ठभूमि:

नेपाल सरकारले आर्थिक वृद्धि र आफ्ना नागरिकहरूको जीविकोपार्जनमा सुधार ल्याउन सडक सञ्जाललाई व्यवस्थित बनाउने कुरालाई महत्वपूर्ण रुपमा लिएको छ। सेवा र व्यापारको पहुँचलाई सुनिश्चित गर्दै राष्ट्रको मेरुदण्डको रूपमा रहेको प्रादेशिक तथा ग्रामीण सडक संजाललाई महत्वका साथ हेरिएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) ले २०० स्थानीय तहका केन्द्रहरूलाई सडक सञ्जालसँग जोड्ने गरी सर्वयाम सडक निर्माण गर्ने र सडक सञ्जालसँग नजोडिएका २१ स्थानीय तहका केन्द्रहरूलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य राखेको छ। कार्यक्रमको लगानी प्राथमिकता र छनौटको ढाँचामा आधारित हुनेछ जसले data-driven multi-criteria analysis लाई प्रयोग गर्नेछ। कार्यक्रममार्फत सञ्चालन हुने मूख्य गतिविधिहरूमा विद्यमान सडक तथा सडकपुलहरूको स्तरोन्नति, पुनर्स्थापना र नयाँ निर्माण रहनेछन् भने सबै आयोजनाहरुमा जग्गा अधिग्रहण आकर्षित हुनेछ। कार्यक्रम अन्तर्गत पूरक पूर्वाधारहरू जस्तै कोल्ड स्टोरेज, फुट ट्रेल, बजार सेड, यात्री प्रतिक्षालय, सार्वजनिक शौचालय, बसवेहरूको निर्माण पनि समावेश गरिएको छ।