प्रादेशिक आयोजना व्यवस्थापन इकाई (PPMU)

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) को प्रदेश स्तरमा आयोजना व्यवस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन इकाई (PPMU) गठन गरिएको छ यस इकाईले सुदुरपश्चिम प्रदेशको प्रादेशिक सडक संजाल गुरुयोजना (PRNMP) मा प्राथमिकतामा परेका सडकहरुलाई स्तरोन्नतिका लागि छनौट गरी पूर्वाधार विकास कार्यालयमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आयोजना कार्यान्वयन गर्न सहयोग गर्दछ यस इकाईले योजना तर्जुमा गर्ने, बजेट व्यवस्थापन गर्ने र योजना कार्यान्वयनको अनुगमन गर्ने गर्दछ